हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| कीर्तिमानी १३ पटक इङलिस प्रिमियर लिग विजेता रहेका सर एलेक्स फर्ग्युसन म्यान युनाईटेडमा फर्किएका छन्।
क्लबका प्रमुख कार्यकारी रिचर्ड अर्नोल्डले सर एलेक्स फर्ग्युसन म्यानचेस्टर युनाइटेडमा बोर्डमा पुनः सामेल गराएका हुन।
अर्नोल्डले फर्गुसन, पूर्व सीईओ डेभिड गिल, पुर्व कप्तान ब्रायन रोबसन र फुटबल निर्देशक जोन मुर्टफलाई समावेश गरी एक थिंक-ट्याङ्क स्थापना गरेका छन्।
पछिल्लो एक दशकमा शिर्ष डिभिजन जित्न नसकेको युनाईटेड, लगातार खस्किंदो अवस्थामा रहेको छ।
पछिल्लो समय सुधारोन्मुख गतिविधि देखाएको युनाईटेडले क्लबका सबै पक्षमा उनीहरूको अनुभवलाई आकर्षित गर्नका लागि क्लबमा पुनः सामेल गराएका हो।
फर्ग्युसन र गिल २०१३ मा आफ्नो जागिर छोडेदेखि गैर-कार्यकारी निर्देशकको रूपमा युनाइटेडको फुटबल बोर्डमा रहेका थिए।
तर अब आँफुले क्लब छाडेपश्चात फर्गुसनले अब क्लबमा उत्तिकै प्रभावशाली पदभार सम्हाल्ने भएका हुन।
सन् २०१८ मा मस्तिष्क रक्तस्रावबाट निको भइसकेका सर एलेक्सले, युनाइटेडमा पहिलेको जस्तै सक्रिय भूमिका भने खेल्ने छैनन्।
फेब्रुअरीमा वुडवर्डको उत्तराधिकारी बनेका अर्नोल्डले पछिल्लो समय लथालिंग रहेको रेड्सको व्यवस्थापनलाई परिवर्तन गरिरहेका छन्।
ओल्ड ट्राफोर्डमा साढे २६ वर्षको कार्यकालमा कीर्तिमानी ३८ वटा ट्रफी जितेका फर्गुसनको निर्देशन अनुसार जानु अब फाइदा रहेको उनको बुझाई छ।
त्यसैगरी डेभिड गिल युनाइटेडमा आफ्नो १६ वर्षको स्पेलमा सफलताको मुख्य विन्दु रहेका थिए।
क्लबमा लामो समय विताएका युनाईटेडका पुराना लिजेंडहरुलाई समावेश गर्दै अर्नोल्ड ओल्ड ट्राफोर्डमा विभिन्न पक्षमा काम गर्ने बताईएको छ।
त्यसमाथि पनि ओल्ड ट्राफोर्ड र क्यारिंगटनको पुनर्विकास र यसका फ्यानहरूसँगको क्लबको सम्बन्ध समावेश गर्ने विभिन्न मुद्दाहरूमा सल्लाह दिनेछन्।
क्रिष्टियानो रोनाल्डोले क्लब छाड्ने हल्ला व्यापक भएसँगै यसैसाता क्यरिंगटनमा म्यान युनाईटेडका पदाधिकारीहरूसँग वार्ता गरेको थियो।
-एजेन्सी