हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। पहिलो खेलमा अस्ट्रेलिया र दोस्रोमा वेस्ट इण्डिजले जित हासिल गरे पछि अन्तिम खेलमा अस्ट्रेलियाले अग्रता सुरक्षित गर्दै सिरिज आफ्नो नाम गरेको हो।
टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिज सस्तैमा समेटिदा अस्ट्रेलियाका लागि जितको बाटो सजिलो भएको हो। बलिङ्ग तथा फ़िल्डिङ्ग दुवै उत्कृष्ट गरेको अस्ट्रेलियाले कुनै पनि ब्याट्सम्यानलाइ क्रिजमा लामो समयसम्म टिक्न दिएनन।
इण्डिजका लागि लेविसले अविजित ५५ रनको पारि खेले जस अन्तर्गत उनले पाच चौका र ६ छक्का प्रहार गरेका थिए। उनले पारिलाइ एक तर्फबाट सम्हाले पनि साथ् कसैले नदिदा उनको योगदान पनि मत्लबहिन हुन् पुग्यो।
अस्ट्रलियाका लागि मिचेल स्टार्कले ३, हेजलउडले २, एगरले २, जाम्पाले दुइ र टर्नरले एक विकेट लिएका थिए।
१५६ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३० ओभरमै लक्ष्य पुरा गरेको थियो। मेथिव वेडको अविजित अर्धशतक र टप अर्डर ब्याट्सम्यानहरुको उल्लेखनिय योगदानको मद्दतले अस्ट्रेलियाले लक्ष्य सजिलै भेटाएको हो।

चार विकेट गुमाउदै लक्ष्य पुर्याउने क्रममा कप्तान एलेक्स क्यारेले ३५, मार्शले २९ , वेडले ५१ र एगरले १९ रन बनाएका थिए। वेस्ट इण्डिजका लागि भने शेल्डन कट्रेलले एक, एकिएल होसिएनले २क, अल्जाइरि जोसेफले एक र वाल्सले एक विकेट लिएका थिए।



तिन खेलको एकदिवसीय शृंखलामा २-१ को अन्तरले अग्रता लिदै अस्ट्रेलियाले सिरिज जितेको हो। सिरिजको उत्कृष्ट खेलाडी भने मिचेल स्टार्क घोषित भए।