स्पर्सको अपराजित यात्रा कायमै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वुल्भ्स विरूद्ध घरेलु मैदानमा कठिन जित निकाल्दै टोटेनह्यामले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।

जारी सिजनको तेस्रो खेल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा १-० को साँघुरो जित निकाल्दै स्पर्स हालको लागि शिर्ष स्थानमा उक्लिएको छ।

घरेलु टोलीलाई जित दिलाउनका लागि उसका स्टार खेलाडी ह्यारी केनले दोस्रो हाफमा एकमात्र विजयी गोल गरेका थिए।

खेलको ६१ औ मिनेटमा कर्नरमा पाएको अवसरलाई गोल गर्दै केनले टोलीलाई दोस्रो जित दिलाए।

पेरिसिचले दिएको राम्रो फ्लिकलाई सदुपयोग गर्दै केनले चलाखीपूर्ण हेडर गरेका थिए। गोल संगै केनले स्पर्सका लागि  २५० औ गोल पुरा गरेका छन्।

पहिलो हाफमा घरेलु टोली भन्दा राम्रो प्रदर्शन गरेको वुल्भ्सले गोल गर्ने राम्रा अवसर भने सिर्जना गर्न सकेन।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको स्पर्सका लागि ह्यारी केनले ५१ औ मिनेटमा गरेको प्रहार र ह्युंग मिन सनको ६१ औ मिनेटका प्रहार पोस्टमा लाग्न पुगेका थिए।

यस अघि स्पर्सले साउथह्याम्पटन विरूद्ध ४-१ को जित र चेल्सी विरूद्ध २-२ को बराबरी खेलेको थियो।

Leave a Reply

Next Post

जाभी भन्छन: "सिजनको पहिलो खेलमा फुटबलकै बेइज्जत भयो"

Sat Aug 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको पहिलो खेलमा अङ्क बाँडेका बार्सिलोनाका प्रशिक्षक जाभी, अझैपनि टोलीको प्रदर्शनलाई लिएर खुसी छैनन्।  जाभी हर्नान्डेजले रायो भालेकानो विरुद्धको पहिलो दिनको खेलमा बार्साले ३ अंक बटुल्नु पर्ने कुरामा अडिग छन्। घरेलु मैदानमा आफ्नो नयाँ सिजनको ला लिगा ओपनरमा बार्सिलोना रायोसँग गोल रहित बराबरीमा रोकिएको थियो। प्रेस […]
%d bloggers like this: