हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस महारथी लिभरपुलले बेन्फिका युवा स्ट्राइकर डार्विन नुनेजलाई ८० मिलियनको प्रस्ताव आधिकारिक रुपमा पठाएको छ।
८० मिलियन प्रस्ताब गरेसँगै लिभरपुलले आफ्नो ट्रान्सफर इतिहासमा सबैभन्दा महँगा खेलाडी अनुबन्ध गर्न लागेको हो।
लिभरपुलले यसबाहेक अन्य एड-अन सहित गरेर नुनेजका लागि झन्डै ११० मिलियन खर्च गर्ने बताइएको छ।
युभेन्टसका पूर्वखेलाडी पाउलो डिबालालाई इन्टर मिलानले अनुबन्धन गर्ने तयारी तीव्र बनाएको छ।
अर्जेन्टिनाका स्टार खेलाडी डीबालाको यसै सिजन इटालियन महारथी युभेन्टस संगको सम्झौता सकिएको हो।
फ्री ट्रान्सफरमा अब इन्टरसंगको सहकार्यमा अघि बढ्न इच्छुक रहेको कुरा इटालियन रिपोर्टहरुले बताएका छन्।
इन्टरले डिबालालाई बार्षिक ६ मिलियन युरो प्रदान गर्नेछ भने त्यसमा अन्य बोनस र एड अनहरु समाबेश हुने भएका छन्।
बार्सिलोनाका युवा खेलाडी गाभी र उनका एजेन्टले क्लब संगको सम्झौता अन्तिम चरणमा पुर्याएका छन्।
बार्सिलोनाका पूर्व खेलाडी जाभीको आगमनसँगै उच्च प्राथमिकतामा रहेको गाभीले हाल स्पेनको राष्ट्रिय टोलीबाट पनि उच्च प्रदर्शन गरिरहेका छन्।
नयाँ सम्झौता ५ बर्षको हुनेछ भने उनको रिलिज क्लामा पनि हेरफेर हुने भएको छ. यसअघि ५० मिलियन रहेको क्लज अब एक बिलियन पुर्याइनेछ।
युभेन्टसका पूर्व खेलाडी तथा प्रशिक्षक आन्द्रे पिर्लो, टर्किस क्लब काराग्रुमुकमा अनुबन्धित हुने भएका छन्।
इंग्लिस क्लब आर्सनलले ब्राजिलियन टोली साओ पाओलोबाट युवा स्ट्राइकर मार्किनोस भित्र्याउने भएको छ।
२०२७ सम्म चल्ने सम्झौताका लागि आर्सनलले ब्राजिलियन टोलीलाई ३.४ मिलियन युरो बुझाएको इंग्लिस रिपोर्टले उल्लेख गरेका छन्।
मोनाकोबाट लगभग १०० मिलियन प्याकेजमा रियल मड्रिड भित्रिएका चोउमानेले फ्रान्स र क्रोएसिया विरुद्धको खेल पछि मेडिकल टेष्ट गर्ने भएका छन्।
त्यस्पस्चात रियल मड्रिडले उनको सम्झौताको बारेमा आधिकारीक रुपमा घोषणा गर्नेछ।
डी जोंग र म्यानचेस्टर युनाईटेडको ट्रान्सफर टुंगो लाग्न भने अझै केहि समय कुर्नुपर्ने देखिन्छ।
डीजोंगको रोजाई च्याम्पियन्स लिग टोलि रहेपनि पुर्ब प्रशिक्षक टेन ह्यागले उनलाई आफ्नो प्राथमिकतामा राखेका छन्।