ट्रान्सफर चहलपहल : माने, बेल, मार्टिनेज र अन्य

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलले बोरुसिया डर्टमन्ड मिडफिल्डर जुड बेलिङ्घमलाई भित्र्याउन २०२२/२३ सिजनको अन्त्यसम्म कुर्ने भएको छ।

१०० मिलियनमा नुनेज भित्र्याईसकेको रेड्सले क्याल्भिन राम्सेलाई हस्ताक्षर गरेर आफ्नो आउँदो समर ट्रान्सफर अन्त्य गर्ने योजना बनाएको छ।

आर्सनलले म्यानचेस्टर गेब्रियल जेससलाई अनुबन्ध गर्न सहमत जनाएको छ। आर्सनलले लामो समयदेखि जिससका लागि उचित कदम नियालिरहेको छ।

टोटेनह्याम इन्टर मिलानका लाउटारो मार्टिनेजलाई क्लबमा भित्र्याउन आफ्नो कदम चाल्ने तयारी गर्दै छ।

फर्वार्डको लागि स्पर्सले झन्डै ९० मिलियन प्रस्ताव गर्न इच्छुक छन्, तर उनी मिलानमा रहन चाहन्छन्। 

म्यानचेस्टर युनाइटेडले इन्टर राइट ब्याक डेनजेल डम्फ्रिजलाई आफ्नो राडारमा राखेको छ।

एरिक टेन ह्यागको नयाँ प्रक्रियाका लागि डेनजेल आदर्श खेलाडी बन्न सक्ने उनको ठम्याई रहेको छ।

चाओउमेनिले रियल म्याड्रिडमा अनुबन्ध गर्न पेरिस सेन्ट-जर्मेनबाट थप आकर्षक प्रस्ताव अस्वीकार गरेको रिपोर्ट बाहिरिएका छन्।

बायर्न म्युनिखले लिभरपुलका फरवार्ड मानेलाई अनुबन्ध गर्न बोर्डसँग अन्तिम बैठकको तयारी गरिरहेको छ। 

लिभरपुलले गरेको ४० मिलियनको प्रस्तावमा केही कम गर्दै म्युनिखले ३० मिलियनको हाराहारीमा लिभरपुलबाट सेनेगलका फरवार्डलाई ल्याउन सकिने विश्वास राखेको छ।

म्यान सिटी मार्क कुकुरेलाका लागिनयाँ प्रस्ताब विस्तार गर्न इच्छुक रहेको स्काई स्पोर्ट्सले बताएको छ।

साउथह्याम्प्टनले म्यान सिटीका गोलकिपर गेभिन बाजुनुलाई स्थायी रूपमा अनुबन्ध गर्ने घोषणा गर्ने भएको छ।

बार्सिलोना यस गर्मीमा एन्जल डि मारियालाई  फ्री ट्रान्सफरमा अनुबन्ध गर्ने दौडमा सामेल भएको छ।

यद्यपि इटालियन टोलि युभेन्टस उनका लागि उत्सुक छ, र सेरी ए मा खेलाडीलाई भित्र्याउन आफ्नो प्रस्ताव परिवर्तन गर्न तयार छ।

म्यान सिटीले साउथह्याम्प्टन र लीड्सले चासो राखेका युवा स्टार रोमियो लावियालाई आफ्नो राडारमा राखेको छ। उनि राम्रो प्रोजेक्टका रुपमा अघि बढ्न सक्ने सिटीको बिश्वास छ।

रियल मड्रिडका पूर्व खेलाडी गेराथ बेललाई कार्डिफ सिटिले आफ्नो प्रस्ताव पठाएको छ यद्दपी बेल भने प्रिमियर लिगमा फर्कन इच्छुक रहेका छन्।

 

 

Leave a Reply

Next Post

नेमारद्वारा पेरिस सेन्ट-जर्मेन छाड्न अस्विकार

Sat Jun 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| नेयमारले यस समरमा पेरिस सेन्ट-जर्मेन छाड्ने कुनै इरादा नरहेको फ्रान्सेली रिपोर्टहरुले बताएका छन्।  फ्रान्सेली राजधानी पेरिसमा पिएस्जीका समर्थकहरु पनि ब्राजिलियन खेलाडी नेमारको प्रदर्शनबाट खासै प्रभावित भएका छैनन्।  लालिगा म्यानचेष्टर सिटी र पेरिस विरुद्ध फाइनान्सियल फेयर प्लेको मुद्दा उठाए सँगै पेरिस हाल अप्ठ्यारो स्थितिमा रहेको छ।  पीएसजीले […]
%d bloggers like this: