ट्रान्सफर चहलपहल: रोनाल्डो, डी मारिया, लेवान्डोस्की र अन्य

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन फुटबलमा ट्रान्सफर चहलपहलले तीव्रता पाएको छ जसमा रोनाल्डो, डी मारिया जस्ता हस्तीहरु पुनः चर्चाको बिषय बनेका छन्।

क्रिस्टियानो रोनाल्डो : उनको भविष्यको बारेमा ओल्ड ट्राफोर्डमा सिजनभर निरन्तर चर्चा भइरहेको छ।

३७ बर्षिया दिग्गज खेलाडीले गत सिजन २४ गोल गरे पनि टेन ह्यागको खेलाउने शैलीमा उपयुक्त भएको मानिदैन।

त्यसैकारण पनि उनले ओल्ड ट्राफर्ड छाड्ने हल्ला अहिले समाचारको केन्द्र बन्न पुगेको छ।

लुइस सुआरेज : बार्सिलोनाबाट नि:शुल्क ट्रान्सफरमा एट्लेटिको म्याड्रिडमा आएका उनले क्लबलाई लालिगा जिताउन महत्वपूर्ण भूमिका खेले।

दुई सिजन पछि ८३ खेलमा ३४ गोल र ६ असिस्टको सहित अब बिदा हुनेभएका छन्। प्रमुख रोजाइ भनेको यूरोपनै रहेको छ।

एन्जिल डि मारिया : करिब छ बर्ष पेरिसको बसाई पश्चात डि मारियाले सम्मान साथ पार्क डे प्रिन्सेस छोडेका छन्।

पेरिसको इतिहासकै एक उत्कृष्ट खेलाडी बन्ने क्रममा डि मारियाले क्लब करियरमा १२० एस्सिस्ट र ९३ गोल गर्न सफल भए।

हाल इटालियन टोली युभेन्टस जाने प्रबल सम्भावना भएपनि बार्सिलोनाले पनि उनलाई भित्र्याउन सक्ने रिपोर्टहरु आएका छन्।

पाउलो डिबाला : डिबालाले युभेन्टससँग सम्झौतामा नविकरण नगरेपछि अहिले एक फ्री एजेन्ट छन्।

तर युभेको प्रतिद्वन्द्वी इन्टरसँग उनले मौखिक सम्झौता गरिसकेका छन्। उनि इटालीमा रहन सक्ने आधार लगभग तय भइसकेको मानिएको छ।

रोबर्ट लेवान्डोस्की : रोबर्टले बायर्न म्युनिख छोड्ने आफ्नो मनसाय पहिले नै स्पष्ट गरिसकेका छन्।

यद्यपि म्युनिखले भने उनलाई २०२३ सम्मको सम्झौताको कारण देखाउँदै उनको  बहिर्गमन रोक्ने आफ्नो प्रयास जारी राखेको छ।

बार्सिलोना भने उनलाई भित्र्याउन निकै आतुर देखिन्छ र यसका लागि उसले आर्थिक स्थिति थप सुदृढ गर्ने बाटो बनाइसकेको छ।

रहिम स्टर्लिङ : २७ वर्षीय इङ्ल्यान्डका विङ्गरले पछिल्लो समय पेप गार्डियोलाको सिटिमा आफ्नो स्थान गुमाए संगै निकासको बाटो खोजिरहेका छन्।

पछिल्लो समय अर्को इंग्लिस टोलि चेल्सीले प्रस्ताव गरेको ३५ मिलियन म्यानचेस्टर सिटीले अस्वीकार गरिसकेको छ।

पछिल्ला रिपोर्टहरुलाई नियाल्ने हो भने स्तरलिंग चेल्सी भित्रिने सम्भावना बलियो देखिन्छ।

 

Leave a Reply

Next Post

अल्मुताईरीको समय सकिएको संकेत!

Thu Jun 23 , 2022
हम्रों नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित व्यवस्थापनले राष्ट्रिय टोलीका १० खेलाडीलाई फर्काउने निर्णय गरेको छ।  ए.एफ.सि छनोट चरण अघि प्रशिक्षक अब्दुल्लाह सँगको मनमुटावका कारण खेलाडीले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए।  उक्त विषयमा केन्द्रित रहेर एन्फाले छानविन आयोग गठन गरेर समस्याको हल निकाल्न प्रयास गरेको थियो।  जसअन्तर्गत […]
%d bloggers like this: