हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डो आफ्नो भविष्यको बारेमा म्यानचेस्टर युनाइटेडसँग कुरा गर्न इङ्गल्याण्ड फर्किएका छन्।
द एथलेटिकले जनाए अनुसार क्रिस्टियानो गत सोमवार पोर्चुगलबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन।
अब रोनाल्डोले क्लब संग आधिकारिक रुपमा भेट गर्ने र राम्रो प्रस्ताव आएमा छोड्ने इच्छाबारे छलफल गर्नेछन्।
युनाइटेडका अनुसार भने रोनाल्डो अझै बिक्रीमा छैनन् र उनि आउँदो सिजनमा क्लबका लागि महत्त्वपूर्ण खेलाडी रहेको बताएको छ।
बार्सिलोनाका खेलाडी प्यानिकले आँफु जाभीको योजनामा खेल्न सक्षम रहेको बताएका छन्। उनि गत सिजन इस्तानबुलमा लोनमा गएका थिए।
लेस्टर सिटिका खेलाडी योरी टेलेमेन्स चर्चाको केन्द्रबिन्दुमा भएपनि क्लबले उनलाई छाड्न तयार नरहेको स्पष्ट पारेको छ।
बेल्जियन मिडफिल्डरका लागि म्यानचेस्टर युनाइटेड र आर्सनल अग्रपंक्तिमा रहेको कुरा इंग्लिस मिडियाले बताएका छन्।
इंग्लिस टोलि वेस्ट ह्यामले करिब ४० मिलियन खर्चिएर जियानलुका स्कामक्का भित्र्याएको छ।
जर्मन महारथी वायर्न म्युनिखले मेथिस टेललाई २० मिलियन प्राथमिक र ८ एड अन तिर्ने सर्त सहित क्लबमा अनुबन्ध गरेको छ।
क्लबले यसघि डिफेनडर म्याथिस डे लिट र लिभरपुलबाट फरवार्ड साडियो माने अनुबन्ध गरिसकेको छ।
फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले आरबी लिपजिगबाट नोर्डी मुकिले भित्र्याएको छ। आज क्लब र खेलाडी विच सम्झौता पत्रमा हस्ताक्षर भएको फ्रान्सेली रिपोर्टहरुले बताएका छन्।
चेल्सीमा अनुबन्धित भएपश्चात खराब प्रदर्शनबाट गुज्रिरहेका जर्मन खेलाडी टिमो वेर्नरलाई क्लबले छाड्न सक्ने रिपोर्ट आएका छन्।
चेल्सीले उचित प्रस्ताव पाएको खण्डमा अथवा लोन सम्झौतामा भएपनि वेर्नरलाई विदाई दिने मनसाय गरेको बताईएको छ।
बार्सिलोनाले सेभियाबाट फ्रान्सेली खेलाडी जुल्स कुन्डेका लागि आफ्नो अग्रता कायम राखेको छ।
चेल्सीले प्रस्ताव गरेको रकम सेभियाले स्वीकार गरेपनि खेलाडी बने बार्सिलोना आउन चाहेको स्पेनिस रिपोर्टले जनाएका छन्।
इटालियन टोली युभेन्टसले बार्सिलोनाबाट डच फरवार्ड मेम्फिस डीपाएका लागि आफ्नो प्रस्ताव पठाउने भएको छ।