उमेर समूहमा फर्किएको उमङ्ग

हाम्रो नेपाल स्पोर्ट्स| दुबईमा सम्पन्न भएको यु १९ विश्वकप छनौट प्रतियोगिताको अन्तिम खेलमा, युएइलाई पराजित गर्दै नेपालको उमेर समुह, विश्वकपमा फर्किएको छ।

एसिया क्षेत्र तर्फबाट अन्तिम ६ टोलीबीच भएको प्रतिस्पर्धामा, शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा आफ्नो स्थान बनाउने प्रावधान थियो। 

जसअन्तर्गत युएई र नेपाल दुवैले, प्रतियोगितामा समान ४ जित हासिल गर्दै, शीर्ष स्थानका लागि विहिबार आमनेसामने भएका थिए। 

प्रतियोगितामा अब्बल देखिएका दुवै टोलीबीच भएको प्रतिस्पर्धा निकै रोमाञ्चक बन्यो। 

विश्वकप छनौटको मुखमा पुगेर फेरि निराशाजनक अवस्था आइसकेको अवस्थामा, नेपाली टोलीले पुनरागमन गर्न सफल भएको थियो। 

Pic : HamroKhelkud

खेल नेपालको हातबाट उम्किसकेको अवस्थामा, दिपेश कंडेलले ४८औ ओभरमा उत्कृष्ट स्पेल फ्याकेपछि, नेपालले खेल ७ रनले जित्दै आफ्नो पक्षमा पारेको थियो।

युएईलाई जितको लागि ३ ओभरमा ११ रनको आवश्यक हुँदा दीपेशले, ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै नेपालको विश्वकप सपना पूरा गरे।

पछिल्लो ८ वर्षयता भएका विश्वकप छनौटको मुखैमा पुगेर, लगातार निराशाजनक नतिजा आत्मसाथ गरेको नेपाली टोली, यसपटक भने अब्बल सावित भयो। 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रन, तेस्रो खेलमा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो।

जित संगै नेपाल छनौट बिजेता बन्दै, श्रीलंकामा सन् २०२४ मा हुने आईसीसी अन्डर नाइन्टिन विश्वकप प्रतियोगिताका लागि छनौट भएको हो।

पछिल्ला केही वर्षयता, राष्ट्रिय टोलीले सोचे अनुसारको सफलता प्राप्त गर्न असफल बनिरहेको अवस्थामा, यु १९ टोलीको प्रदर्शनले भने राम्रो छाप छोडेको छ।

राष्ट्रिय टोलीमा राम्रा खेलाडीको खाँचो भइरहेको अवस्थामा, युवा टोलीले अर्को चरणका लागि प्रतिभाशाली खेलाडीहरु तयारी अवस्थामा रहेको संकेत गरेका छन्

विश्वकप जस्तो गरिमामय प्रतियोगितामा छनोट भएसँगै, नेपाली युवा खेलाडीले क्रिकेटको उज्ज्वल भविष्यका कामना गरिरहँदा, नेपाल क्रिकेट संघ अब जिम्मेवार भएर क्रिकेटको विकासमा लाग्न आवश्यक छ। 

 

Leave a Reply

Next Post

5 Approaches To Perhaps Not Get An Extra Big Date

Mon May 1 , 2023
We’ve spoke currently, in “5 techniques for getting the next Date,” concerning how to create a first perception that does not require damage control from an expensive Hollywood PR staff. 1st time carry out’s included arriving timely and keeping a discussion that doesn’t sound like your beer-based ramblings when “final […]
%d bloggers like this: