हालान्डको उत्कृस्ट प्रदर्शन संगै नर्वेको शानदार जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर सिटीका युवा खेलाडी एरलिंग हालान्डले उत्कृस्ट प्रदर्शन गरे सँगै नेसन्स लिगमा नर्वेले शानदार जित निकालेको छ।

लिग बि को समूह ४ मा शीर्ष स्थानमा कायम राख्ने क्रममा नर्वेले स्वीडेनलाई पराजित गर्दै अर्को लिगमा बढुवा हुने सम्भावना बलियो भएको छ।

एक दशकपछि स्वीडेनलाई लगातार दोस्रो खेलमा पराजित गरेको घरेलु टोलि नर्वेका लागि हालान्डले दुई गोल र एक एस्सिस्ट गरे।

पहिलो हाफको दसौं मिनेटमै जोर्कानको सहायतामा गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका हालन्डले दोस्रो गोल पेनाल्टी मार्फत गरेका थिए।

दोस्रो हाफको ५४ मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै हालान्डले टोलीको अग्रता दोब्बर बनाए।

खेलमा २-० ले पछि परेको पाहुना टोलि स्विडेनका लागि कुलुसेभ्सकीले ६२औ मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए।

तर ७७औ मिनेटमा हालान्डले फार पोस्टमा राम्रो एरियल बल प्रदान गरेपछि अलेजेन्दर सोर्लोथले राम्रो हेडर प्रहार गर्दै टोलीलाई ३-१ को अग्रता दिलाए।

९० औ मिनेटको अतिरिक्त समयमा नर्वेका गोलकिपर निल्यान्डले बल समात्न गल्ती गर्न पुग्दा भिक्टर गोइकेरेसले स्विडेनका लागि दोस्रो गोल फर्काए।

नर्वेले नेसन्स लिग अन्तर्गतनै समुह चरणका अन्तिम खेलमा स्लोभेनिया र सर्बिया विरुद्ध खेल्नेछ।

महत्वपूर्ण ३ अंक हात पारेको नर्वे हल ४ खेलमा १० अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ

समूह चरणमा चार खेल खेलेको स्विडेन भने केवल ४ खेलमा ३ अङ्क बटुल्दै तेस्रो स्थानमा झरेको छ।

स्विडेनको यो समूह चरणमा लगातार तेस्रो हार रहेको छ. स्विडेन पछि केवल एक अंक बटुलेको स्लोभेनिया तालिकाको पुछारमा रहेको छ।

नेसन्स लिग अन्तर्गतनै समुह चरणका अन्तिम खेलमा स्विडेनले स्लोभेनिया र सर्बिया विरुद्ध खेल्नेछ।

 

 

Leave a Reply

Next Post

"सन्यास बारे सोचेको छैन, राष्ट्रका लागि अझै खेल्छु" : ज्ञानेन्द्र मल्ल

Mon Jun 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल हाल राष्ट्रिय टोलीमा देखिने गरेका छैनन्।  एक समय राष्ट्रिय टोली भित्र गुटबन्दी रहेका कारण सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ल बिचको सम्बन्धमा पनि तिक्तता उत्पन्न भएको विषय बाहिरिएको थियो।  टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपछि सम्पूर्ण टोलीले […]
%d bloggers like this: