हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफए सुपर कप अन्तर्गत यस पटकका फाइनलिस्ट रियल म्याड्रिड र इनट्राक्ट फ्रान्कफर्टबीच आज प्रतिस्पर्धा हुँदैछ।
स्पेनिस टोलीले यस वर्षको सुरुमा पेरिसको स्टेड डे फ्रान्समा लिभरपुललाई हराएर २०२१/२२ च्याम्पियन्स लिगको विजेताको रूपमा क्वालिफाई गरेको थियो।
सेभिल्लाको स्टेडियो रामोन सान्चेज पिज्जुआनमा भएको युरोपा लिगको फाइनलमा रेन्जर्सलाई हराउँदै इनट्राक्टले आफ्नो स्थान सुरक्षित गरेको हो।
खेल १-१ को बराबरीमा सकिए पनि बुन्डेसलिगा टोलीले पेनाल्टीमा ५-४ ले जितेको थियो।
१९६० को युरोपियन कप फाइनल पछि यी दुवै टोलि पहिलो पटक आमने सामने हुनेछन। ग्लासगोको ह्याम्पडेन पार्कमा भएको उक्त खेल रियल मड्रिडले ७–३ ले जितेको थियो ।
खेल फिनल्याण्डको हेल्सिन्की ओलम्पिक स्टेडियममा हुँदैछ। युइएफए क्लब प्रतियोगिताको फाइनल फिनल्याण्डमा भएको यो पहिलो पटक हो ।
कार्लो एन्सेलोटीले टूर्नामेंट जित्ने खेलाडीहरूलाई फाइनलमा खेलाउने बताईसकेको हुँदा एन्टोनियो रुडिगर र चाओमेनीले खेलमा सुरुवात गर्ने छैनन।
जर्मन टोलि फिलिप कोस्टिक बिना यात्रा गर्नेछन, जो इटालियन क्लब युभेन्टस जान धेरै नजिक रहेका छन्।
यूईएफएले रियल म्याड्रिड र इनट्राक्टबीचको युरोपियन सुपर कप खेलमा सेमी अटोमेटिक अफसाइड टेक्नोलोजी प्रयोग गरिने बताएको छ।
सुपर कप फाइनलको जिम्मा भने इङ्लिस रेफ्री माइकल ओलिभरलाई दिने घोषणा गरेको छ।
गत दुई बर्षयता लगातार यसको विकासमा ध्यान दिईरहेको फिफाले विश्वकपलाई ध्यान दिँदै अर्ध-स्वचालित अफसाइड प्रणालीको डेब्यू गर्ने भएको हो।
युइएफएले पनि च्याम्पियन्स लिगमा गलत पोजिसन पत्ता लगाउने यो प्रणाली प्रयोग गरिने घोषणा गरेको छ।
यो प्रणालीले भिडियो सहायक रेफ्री टोलीहरूलाई अफसाइड अवस्थाहरू छिटो र अधिक सटीक रूपमा निर्धारण गर्न अनुमति दिनेछ।
साथै यसले खेलको प्रवाह र निर्णयहरूको स्थिरता बढाउँदै थप निर्णायक बन्ने विश्वास फिफाले गरेको छ।