हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्कटल्याण्डलाई ३-१ ले हराएर कतार विश्वकपको नजिक उक्लिएको युक्रेनले प्रतिस्पर्धात्मक फुटबलमा भावनात्मक जित निकालेको छ।
लगातार पिडा खेपिरहेका युक्रेनी जनताको लागि यो जितले अहिलेको अवस्थामा ठुलो राहत दिन सफल भएको छ। टोलि विश्वकपको निकै नजिक रहेको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वकप छनोटको प्लेअफ सेमिफाइनल ढिलो भएको थियो।
स्कटल्याण्डका प्रशिक्षक स्टिभ क्लार्कले युक्रेनको कठिनाइको बाबजुद पनि विश्वकपमा पुग्न आफू “बेताब” रहेको बताएका थिए।
तर पनि उनको टोलीले युक्रेनिहरूले देखाएको तीव्रतासँग मेल खान सकेनन र विश्वकपमा आफ्नो यात्रालाई टुंग्याउन बाध्य भए।
युद्धको चपेटा पिरोलिरहेको युक्रेनका लागि आफ्ना जनतालाई विश्वकपको रङ्गमञ्चमा आफ्नो झण्डा फहराउने गर्भिलो अवसर रहेको छ।
रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरु सँग मिलेर आफ्नो स्वाधिनता माथि धावा बोलेको भन्दै युक्रेनमा करिब ३ महिना अगाडिदेखि लगातार आक्रमण गरिरहेका छन्।
आर्थिक राजनैतिक हरेक क्षेत्रमा फसिरहेको युक्रेनका लागि विश्वकपको अन्तिम चरण अन्तर्गत वेल्स विरुद्धको फाइनल खेल्ने भावनात्मक हुने अपेक्षा गर्न सकिन्छ।
युक्रेनी खेलाडी अलेक्जेन्डर जिन्चेन्कोले कतार विश्वकपको लागि योग्य हुन वेल्सलाई हराउन सकेनन् भने स्कटल्याण्डमाथि युक्रेनको जितको कुनै अर्थ नरहने बताएका छन्।
बुधवार भएको खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ ले हराउँदा जिन्चेन्कोको महत्वपूर्ण भूमिका थियो।
“युक्रेनको अवस्था अहिले सबैलाई थाहा छ र हरेक खेल हाम्रो लागि फाइनल जस्तै हो।” उनले स्काई स्पोर्ट्सलाई भने।
“हामीले विश्वकप खेल्ने सपना देखेका छौं, त्यसैले हामीसँग अर्को खेल छ, अर्को फाइनल र हामीले यसलाई जित्न आवश्यक छ, अन्यथा यो खेलले कुनै अर्थ राख्दैन।
“यो हाम्रो लागि ठूलो खेल हुन गइरहेको छ। सबैले अवस्था बुझ्दछन्।हामी मध्ये प्रत्येकले हाम्रो जीवनमा उत्कृष्ट प्रदर्शन देखाउन आवश्यक छ।”
विश्व समुदायलाई एकै ठाउँमा उभ्याउन सफल भएको खेलकुद र त्यसमापनि विश्वकप फुटबलको महत्व बेग्लै हुने गरेको छ।
सन् २००६ मा एकै पटक मात्र विश्वकपमा सहभागिता जनाएको युक्रेनले, उक्त सफलता पश्चात विश्वकपमा आफ्नो स्थान दोहोर्याउन सकेको छैन।
युद्धका कारण लगातार पिडा भोगिरहेका युक्रेनी जनतालाई अर्को एक खेल पक्कै पनि वर्तमान समयमा सबैभन्दा ठुलो उपहार हुनसक्नेछ।