अमेरिका विरुद्ध संयमित भएर खेल्न आवश्यक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अमेरिका विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

संयुक्त राज्य अमेरिकामा जारी चौथो त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा आज नेपालले बलियो टोली अमेरिका विरुद्ध मैदानमा उत्रदैछ।

पछिल्लो केही समययता उत्कृष्ट ब्याटिङ गरिरहेको संयुक्त राज्य अमेरिकाले नेपाललाई आज प्रमुख रूपमा आफ्नो ब्याटिङले मात दिन सक्ने प्रबल सम्भावना छ।

अघिल्लो खेलमा नेपालले ओमान विरुद्ध निकै लज्जास्पद ब्याटिङ गरेपछि प्रतियोगिताको मुख्य समयमा हार बेहोर्न पुगेको थियो।

ओमानले दिएको केवल २१२ रनको लक्ष्य भेटाउन सकेको नेपाली टोलीलाई अझ अमेरिकाले सोही रणनीति अनुसार स्कोरबोर्ड दबाब दिन सक्नेछ।

हालसालैको नतीजामा संयुक्त राज्य अमेरिकाले बलियो प्रतिद्वन्दी ओमान विरुद्ध ११४ रनको बिशाल जित हात पारेको थियो। 

उसका लागि भारतीय मुलका खेलाडी मनाङ पटेल उच्च लयमा छन् भने नेपालका तर्फबाट करण केसीको भूमिका आज पनि महत्वपूर्ण हुने देखिन्छ।

अघिल्लो खेलमा मध्यक्रममा सम्हालिन नसकेको नेपालका लागि आज दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले काँधमा ठूलो जिम्मेवारी पाउने देखिन्छ। 

त्यसैगरी नेपालबाट हालसालै बोलाइएका ओपनर सुबास खकुरेलको प्रदर्शन पनि चित्त बुझ्दो नभएका कारण उनले आजको खेल गुमाउन सक्नेछन्। 

उनीसँगै एक समयका विस्फोटक ब्याट्सम्यान भनेर चिनिने विनोद भण्डारीको खराब प्रदर्शनले टोलीलाई थप दबाब उत्पन्न भएको थियो। 

उनका लागि पनि आज आफ्नो स्थान जोगाउनका लागि अन्तिम अवसर हुन सक्नेछ। 

निकै लामो समयदेखि अमेरिकाविरुद्ध खेल्दै आएको नेपालले अहिलेसम्म एक दिवसीय खेलमा अमेरिकाविरुद्ध ३ जित र १ पराजय बेहोरेको छ।

अघिल्लो खेलमा पराजय भोगेपछि पश्चात विश्वकप खेल्ने सपना अझैपनि नटुंगिएको भनेका सन्दीप लामिछानेलाई खेल जित्नैपर्ने दबाब रहेको छ।

आजको खेलमा पनि पराजय व्यहोरेमा नेपाली राष्ट्रिय टोलीले शीर्ष पाँचमा आफ्नो उपस्थिति जनाउने सम्भावना निकै न्यून देखिन्छ।

जारी प्रतियोगिताको पुछारको दुई स्थानमा रहने टोली विश्व क्रिकेट लिगबाट घटुवा हुनेछन् भने त्यससँगै एकदिवसीय मान्यताप्राप्त पनि खारेज हुने अवस्था रहेको छ।

नेपाललाई शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यताप्राप्त जोगाउन आज अङ्क बटुल्न आवश्यक देखिन्छ। 

Leave a Reply

Next Post

क्रिस्टिनसेन र बार्सिलोनाको अन्तिम प्रक्रिया बाँकी

Sun Jun 12 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| चेल्सीका डिफेन्डर अन्द्रेस क्रिसटिनसेनले आधिकारिक रुपमा क्लब छाडेका छन्। इंग्लिस टोलि चेल्सीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पुष्टि गर्दै आन्द्रेसले क्लब छोडेको बताएको छ। बार्सिलोना र उनीबीच सिजन समाप्त हुनु अघिनै फ्री ट्रान्सफरमा अनुबन्ध हुने सहमति भइसकेको छ। बार्सिलोना र क्रिसटिनसेन बिच सहमति भइसकेपनि अहिलेको अवस्थामा बार्सिलोनाले आफ्ना […]
%d bloggers like this: