म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै

सामने हुने भएका छन्। 

जसअन्तर्गत इंग्लिस फुटबलका दुई महारथी म्यानचेस्टर युनाईटेड र लिभरपुल आपसमा भिड्दै छन्। 

इंग्लिस प्रिमियर लिगमा सर्वाधिक रुचाइने मध्येको यस खेल आउँदो जुलाई १२ मा एसियाली राष्ट्र थाइल्यान्डमा हुँदैछ। 

दुबै टोलीले आउँदो सिजनको तयारीका लागि आ-आफ्नो टोली थाइल्याण्डमा पठाइसकेका छन्। 

लिभरपुलले आफ्नो प्रि सिजनको टोलीमा कीर्तिमानी १०० मिलियनमा भित्रिएका उरुग्वेका खेलाडी डार्विन नुनेजलाई पनि समावेश गरेको छ। 

गत सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगमा उपविजेतामा सीमित बनेको लिभरपुल यसपटक उक्त पीडालाई भुलाउने अभियानमा छ। 

म्यानचेष्टर युनाइटेडका नयाँ प्रशिक्षक टेन ह्यागको नेतृत्वमा क्लब पुनः नयाँ दिशामा लाग्ने तयारीमा छ। 

रेड डेभिल्सले गत सिजन प्रिमियर लिगको इतिहासमै सबैभन्दा खत्तम नतिजा हात पार्दै युरोपेली च्याम्पियन्स लिग गुमाएको थियो।

पछिल्लो तितो अनुभवलाई पाखा लगाउँदै नयाँ सिजनमा राम्रो र केही महत्वपूर्ण उपाधिहरू हात पार्ने लक्ष्यका साथ युनाईटेडले नयाँ सिजनको सुरुवात गर्नेछ।

तर उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले भने पारिवारिक समस्याका कारण सम्पूर्ण प्रि सिजनका खेलहरु गुमाउने भएका छन्। 

नयाँ खेलाडी मालासिया र क्रिस्चियन एरिक्सेले पनि प्रि सिजनमा सहभागिता जनाउने अपेक्षा गरिएको छ।

क्लब स्तरको प्रतियोगिता नभएतापनि आउँदा सिजनको खाका तयार पार्ने भएका कारण टिमलाई दिशा दिन यस्ता खेलहरु पनि महत्वपूर्ण मानिन्छन् ।

 

Leave a Reply

Next Post

नामिवियाद्वारा नेपाल सामु मध्यम लक्ष्य प्रस्तुत

Mon Jul 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबिया बिरुद्धको पहिलो खेलमा नेपालले २२१ रनको विजयी लक्ष्य पाएको छ। स्कटल्यान्ड स्थित क्यामबुस्डुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा सवै विकेट गुमाउदै २२०  रन बनाएको थियो। सुरुवाती १० ओभरमा उत्कृष्ट ब्याटिङ गरेको नामिबियाले, पहिलो पावरप्ले […]
%d bloggers like this: