विराटको करियर निरन्तर ओरालो लाग्दै!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| २०१०को दशक यता बिश्व क्रिकेटमा एकछत्र राज गरेका विराट कोहलीको निराशाजनक प्रदर्शनले विगत २ बर्ष देखि निरन्तरता पाइरहेको छ।

टेस्ट होस या सीमित ओभरका खेल, आफ्नो प्रदर्शनले सधैं शिर्ष स्थानमा बस्न सफल भएका कोहली, विगत दुईबर्ष यता मैदानमा गुपचुप छन्।

यसै साता इंग्ल्यान्ड विरुद्धको पाँचौ टेस्ट खेलमा पनि उनले आफ्नो ब्याटिंगले खासै कमाल देखाउन सकेनन र उनको टोलीले पराजय बेहोर्न पुग्यो।

लगातारको खराब प्रदर्शन कहाँ सम्म पुगेको छ भनेर हेर्नका लागि उनको भर्खरै निस्किएको विश्व वरियतामा नजर घुमाए छर्लङ्गै देखिन्छ।

उनि ६ वर्ष यताकै कमजोर अवस्थामा पुग्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरियतामा शीर्ष १० बाट बाहिरिएका छन्।

नयाँ विश्व टेस्ट वरियतामा कोहली एकै पटक चार स्थान तल खस्किदै १३ औं स्थानमा पुगेको छन् जुन २०१६ यताकै सबैभन्दा  खराब वरियता रहेको छ।

नोभेम्बर २०१९ पछि कुनै पनि ढाँचाको क्रिकेटमा कुनै पनि शतक छैन, उनको अन्तिम शतक बंगलादेश विरुद्ध भारतको पहिलो पिंक बल टेस्टमा आएको थियो।

सीमित ओभारका क्रिकेटमा पहिलेको जस्तो दमदार प्रदर्शन देखाउन नसकेपनि उनको औसत र रन भने केहि हदसम्म सन्तोषजनक रहेको छ।

तर कुरा टेस्ट क्रिकेटमा हो – कोहलीले सबैभन्दा सम्मान गर्ने ढाँचा – जस्मा डरलाग्दो गिरावट आएको छ।

उनले पछिल्ला २६ टेस्ट खेलमा २९.०७ को औसतमा ७५६ रन बनाएका छन्। उच्चतम स्कोर(७४) डिसेम्बर २०२० मा एडिलेडमा पिंक बल टेस्टमा अस्ट्रेलिया विरुद्ध थियो।

द्विपक्षीय शृङ्खलाहरूमा धेरै सफलता हासिल गरे पनि कप्तानको हकमा कोहलीले भारतलाई कुनै पनि आइसीसीका प्रतियोगिताहरु उपाधि जिताउन सकेनन

 

कोहली टि२० आई विश्व वरियतामा पनि शीर्ष १० मा पर्न सकेका छैनन्। जसमा उनको पछिल्लो वरियतमा २१ औं स्थान रहेको छ।

एक समय तिन वटै फर्म्याटमा शिर्ष ३ मा रहने कोहली हाल एकदिवसीय वरियतामा मात्र तेस्रो स्थानमा छन् ।

Leave a Reply

Next Post

क्रिस्टियानो रोनाल्डोका लागि चेल्सीको गम्भीर चासो

Thu Jul 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका स्टार क्रिष्टियानो रोनाल्डोमा चेल्सीको चासो निकै गम्भीर रहेको इंग्लिस रिपोर्टले बताएका छन्। स्टार फरवार्डलाई भित्र्याउन चेल्सीका मालिक बोहली संगै प्रशिक्षक टुकेलको पनि इरादा रहेको बताईएको छ। ओल्ड ट्राफोर्ड छोड्न आग्रह गरेदेखि पोर्चुगिज स्टार रोनाल्डो युरोपका प्रायः सबै क्लब संग नाम जोडीसकेको छ।  बायर्न म्युनिख, […]
%d bloggers like this: