वेल्स : विश्वकपको ६ दशक लामो पर्खाई

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली राष्ट्र युक्रेनलाई विश्वकप छनौटको फाइनलमा पराजित गर्दै वेल्सले आगामी कतार विश्वकपको टिकट काटेको छ।

युक्रेन बिरुद्धको जित संगै वेल्सले सन् १९५८ पश्चात पहिलो पटक विश्वकपमा सहभागिता जनाउने भएको हो।

झण्डै छ दशक लामो पर्खाई पश्चात विश्वकपमा छनौट हुन सफल भएको वेल्सका लागि युक्रेनका खेलाडीको आत्मघाती गोल उपहार बन्नपुग्यो। 

घरेलु मैदानमा ६ दशक लामो पर्खाईमा अहिलेसम्मकै सम्भवत महत्वपूर्ण नतिजा हात पार्ने क्रममा वेल्सका किपर हेनेसीले करियरकै उत्कृष्ट प्रदर्शन मध्ये एक देखाए।

वेल्स तथा पूर्व रियल मड्रिडका खेलाडी गेराथ बेलले पनि यो जित आफ्नो खेल जीवनको सबै भन्दा महत्वपूर्ण जित रहेको बताएका छन्। 

छनोट पश्चात बेलले स्काई स्पोर्ट्स सँग अन्तर्वाता दिँदै आफ्नो मात्र नभई समग्र वेल्सकै सपना पूरा गर्न सकेकोमा खुशी व्यक्त गरे।

“यो नतिजा वेल्श फुटबलको इतिहासमा सबैभन्दा ठूलो परिणाम हो, हामी फ्यानहरू सँगै सबै उत्साहित छौँ। यो खुसीको कुरा हो, हामी विश्वकपमा जाँदैछौं।”

“हामीले निकै अघिदेखि यस समयका लागि मेहनत गरिरहेका थियौं र आज सफलता हात पारेका छौं।”

“हामीले यो हाम्रो देशका यी सबै अद्भुत प्रशंसकहरूको लागि गर्यौं, हामी अहिले कस्तो महसुस गरिरहेका छौं शब्दहरूले वर्णन गर्दैन।” उनले बताए।

वेल्सले सन् २०१४ र २०१८ को विश्वकप छनौटमा राम्रो प्रदर्शन गर्न नसकेपनि सन् २०१६ को युरो कप प्रतियोगितामा भने सेमिफाइनल सम्म पुगेको थियो।

त्यसयताकै सबैभन्दा महत्वपूर्ण जित हात पारेको वेल्स अब छिमेकी टोली इंग्ल्यान्डसँगै विश्वकपमा एउटै समूहमा रहेको छ।

समुह “बि” मा रहेको वेल्सले इंग्ल्यान्ड संगै अमेरिका र इरानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। 

विगत २ महिना यता रसियासँगको युद्धका कारण थालिएको युक्रेनले भने आफ्ना समर्थकहरुलाई विश्वकपको उपहार दिने राम्रो अवसरबाट चुक्न पुग्यो। 

 

Leave a Reply

Next Post

चाउमेनिका लागि पिएसजी र रियलले कडा प्रतिस्पर्धा गर्ने

Mon Jun 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडले यस समरमा चाउमेनीलाई आफ्नो प्राथमिकतामा राखेको छ। केलियन एम्बाप्पे संगको सम्झौतालाई मूर्तरूप दिन नसकेपछि मड्रिडले हाल आफ्नो ध्यान मोनाकोका मिडफिल्डर तर्फ पुर्याएको हो। दुबै पक्ष वार्ताहरु निकै सकारात्मक बताइएको भनेतापनि फ्रान्सेली खेलाडीका लागि पेरिस र लिभरपुलले आ-आफ्नो सम्झौता पेस गर्न सक्ने भएकाछन्। मोनाकोले भने […]
%d bloggers like this: