वेन रुनी अमेरिकन मेजर लिगमा फर्कदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी तथा क्लब लेजेण्ड वेन रुनीले एम.एल.एस मा व्यवस्थापन सम्हाल्ने भएका छन् 

उनले आफैँले अमेरिकामा खेलेको डिसी युनाईटेडमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने भएका हुन।

इङ्लिस लिगमा डर्बी काउन्टीका पूर्व प्रशिक्षक रहेका रुनीले यसै सिजन क्लबसंग आफ्नो सम्झौता रद्द गरेका थिए।

गत अप्रिलमा हर्नान लोसाडालाई बर्खास्त गरेपछि, रुनीले अब पदभार ग्रहण गरेपछि अन्तरिम प्रशिक्षक चाड एस्टनको ठाउँ लिनेछन्। 

 चाड एस्टन त्यसपश्चात ३६ वर्षीय रुनीको  स्टाफ अफ असिस्टेन्टमा रहने बताईएको छ।

वेन रुनीको आगमनले उत्साह थपिए पनि क्लबको स्थिति भने नाजुक अवस्थामा रहेको छ।

पछिल्लो समय लगातार पराजय बेहोरिरहेको डिसी युनाईटेड, मेजर लिग सकरको इतिहासमै सबैभन्दा खराब फर्मबाट गुज्रिरहेको छ। 

रुनी एमएलएसमा इन्टर मियामीका फिल नेभिल , मिनेसोटा युनाइटेडका एड्रियन हेथ , नाशिभले एससीका ग्यारी स्मिथ र एनवाईसी एफसीका निक कुशिङसँगै पाँचौं सक्रिय इंग्लिस प्रशिक्षक बन्नेछन्।

रुनीले सन् २०१८ देखि २०२० सम्म अमेरिकामा खेलेका थिए। डिसी युनाईटेडको जर्सीमा ५२ खेल खेल्दा उनले २५ गोल गर्न सफल भएका थिए।

सन् २०२६ को फिफा विश्वकप अमेरिकामा हुने तय भएसँगै युरोपका सक्रिय तथा पूर्वखेलाडीहरुले एम.एल.एस रोज्न थालेका छन्।

वेल्सका स्टार खेलाडी ग्यारेथ बेलले पनि आउँदो सिजन देखि अमेरिकन फुटबल लिगमा आफ्नो व्यवसायिक फुटबल सुरु गर्नेछन्। 

 

Leave a Reply

Next Post

नामिविया विरुद्ध नेपालले ब्याटिंग गर्दै, यस्तो छ सुरुवाती ११

Mon Jul 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिविया विरुद्धको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ।  स्कटल्यान्ड स्थित क्यामबसडुन अन्तर्राष्ट्रिय मैदानमा हुन गईरहेको खेल, नेपालको पाँचौ त्रिकोणात्मक सिरिज अन्तर्गत रहेको छ। जुन १० देखि सुरु भएको शृंखलामा नामिवियाले आफ्नो पहिलो खेल खेलिसकेको छ। घरेलु टोली स्कटल्यान्ड […]
%d bloggers like this: