माउरिन्होको नजर वाईनाल्डम तर्फ

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनका जर्जिनियो वाईनाल्डम र ए.एस रोमा नयाँ सम्झौता नजिक भएका रिपोर्ट सार्वजनिक भएका छन्।

पछिल्लो समय ट्रान्सफर मार्केटमा लगातार राम्रा खेलाडीहरु नियालीरहेको जोसे माउरिन्होको टोलि, थप खेलाडी थप्ने योजनामा छ।

पाउलो डिबाला संगै माउरिन्होले आफ्ना मिडफिल्डमा गुणस्तर थप्न, पेरिसका मिडफिल्डरको अवस्थालाई नियालिरहेका छन्।

पेरिसमा गत सिजनका फ्लप सावित भएका डच खेलाडी आँफै पनि क्लबमा आफ्नो स्थानलाई लिएर खुसि छैनन्

तर पछिल्लो समयको प्रगति विवरणले उनि र रोमा बिचको दुरी निकै कम मात्र भएको बताइएको छ। 

लिभरपुलबाट गत समरमा तीन वर्षको सम्झौतामा वाईनाल्डम फ्रान्सेली राजधानीमा अनुबन्धित भएका थिए। 

पछिल्ला पाँचमा बर्षमा लिभरपुलमा प्रभावशाली प्रदर्शन गर्न सफल भएपछि पीएसजीले फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गरेको थियो।

बार्सिलोना जाने निश्चित भइसकेको अवस्थामा पेरिसले अन्तिम समयमा उनलाई भित्राउन सफल भएको थियो। 

उनकै बलियो उपस्थितिमा लिभरपुलले च्याम्पियन्स लिग र प्रिमियर लिग जस्ता उपाधि जित्न सफल भएको थियो।

यद्यपि, पीएसजीमा विजनाल्डमको प्रदर्शन भने निराशाजनक रह्यो र मौरिसियो पोचेटिनोको नेतृत्वमा पहिलो टोलीमा नियमित स्थान दाबी गर्न सकेनन।

सिजन भरिमा विजनाल्डमले पेरिसका लागि केवल नौ खेलहरू मात्र सुरुवाती ११ मा पर्न सफल भएका थिए।

पेरिसले अब नयाँ योजनामा व्यापक परिवर्तन ल्याउने सोचका साथ नयाँ ढाँचा सहितको योजना प्रस्तुत गरिसकेको छ। 

जस अन्तर्गत आफ्नो योजनामा नभएका खेलाडीहरुलाई पेरिसले धमाधम बहिर्गमन देखाउदै छ। 

विजनाल्डमको  उनको सम्झौतामा दुई वर्ष बाँकी छ र साथै उनि ठूलो ज्यालामा छन, त्यसकारण लोनमा जान सक्ने सम्भावना देखिन्छ। 

जोसे माउरिन्होलाई पनि आफ्नो दोस्रो कार्यकालमा रोमालाई शीर्ष डिभिजनको दावेदार बनाउदै, युरोपेली च्याम्पियन्स लिगमा पुनः फिर्ता गराउनु मुख्य उद्देश्य रहेको छ।

म्यानचेस्टर युनाईटेडबाट फ्री ट्रान्सफरमा नेमान्या माटिच ल्याईसकेको रोमाले आर्सनलबाट लोनमा मेटल्याण्ड नाइल्स भित्र्याएको छ।

 

 

 

Leave a Reply

Next Post

डरलाग्दो रुप लिँदै बार्सिलोना

Fri Jul 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेको आगमनसंगै बार्सिलोनाले आफ्नो रोस्टर निकै आक्रामक र अर्को सिजनका लागि डरलाग्दो बनाएको छ। यस अघिको सिजनमा मनोवैज्ञानिक संगै नतिजामा पनि विकराल अवस्थामा रहेको क्लबले फेरेको काँचुलिको श्रेय भने प्रशिक्षक जाभीलाई नै दिनुपर्छ। गत सिजननै जाभीले क्लबको साख फर्काउन केहि हदसम्म सफल […]
%d bloggers like this: