हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले जर्जिनियो वाईनाल्डमलाई क्लब छोड्न अनुमति दिने रिपोर्ट फ्रान्सेली मिडियाहरुले दिएका छन्।
लिभरपुलबाट गत समरमा तीन वर्षको सम्झौतामा वाईनाल्डम फ्रान्सेली राजधानीमा अनुबन्धित भएका थिए।
पछिल्ला पाँचमा बर्षमा लिभरपुलमा प्रभावशाली प्रदर्शन गर्न सफल भएपछि पीएसजीले फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गरेको थियो।
बार्सिलोना जाने निश्चित भइसकेको अवस्थामा पेरिसले अन्तिम समयमा उनलाई भित्राउन सफल भएको थियो।
उनकै बलियो उपस्थितिमा लिभरपुलले च्याम्पियन्स लिग र प्रिमियर लिग जस्ता सिष उपाधि जित्न सफल भएको थियो।
यद्यपि, पीएसजीमा विजनाल्डमको प्रदर्शन भने निराशाजनक रह्यो र मौरिसियो पोचेटिनोको नेतृत्वमा पहिलो टोलीमा नियमित स्थान दाबी गर्न सकेनन।
सिजन भरिमा विजनाल्डमले पेरिसका लागि केवल नौ खेलहरू मात्र सुरुवाती ११ मा पर्न सफल भएका थिए।
पछिल्लो केही समययता विश्वभरीका उत्कृष्ट खेलाडीहरुलाई संगालेर पनि युरोपेली ट्रफी उचाल्न नसकेपछि पेरिसको चर्को आलोचना भइरहेको छ।
तर पछिल्लो साता पेरिसले अब नयाँ योजनामा व्यापक परिवर्तन ल्याउने सोचका साथ नयाँ सल्लाहकार नियुक्त गरेको छ।
नयाँ फुटबल सल्लाहकार लुइस क्याम्पोसले धेरै योजनाहरूमा क्लबले जनामा नभएका खेलाडीहरुलाई बहिर्गमनको बाटो देखाउने बताइसकेको छ।
विजनाल्डमको उनको सम्झौतामा दुई वर्ष बाँकी छ र उनि ठूलो ज्यालामा छन, त्यसकारण लोनमा अन्यत्र जान सम्भव देखिन्छ।
इटाली, जर्मनी र स्पेनका क्लबले चासो देखाएपनि इङ्गल्याण्डमा फिर्ता जानु उनको प्रमुख रोजाई रहेको रिपोर्टले बताएका छन्।
प्रिमियर लिग क्लबहरू मध्ये लिसेस्टर सिटीले निकै उत्सुकताका साथ उनको स्थितिलाई मध्यनजर गरिरहेको छ।
तर अन्य मिड टेबल क्लबहरु एभर्टन, वुल्भ्स र वेस्ट ह्यामले पनि आवश्यक परेमा उनलाई प्रस्ताव पठाउन सक्ने बताइएको छ।
उनका पूर्व क्लबहरू लिभरपुल र न्युकासल दुवै जोडिएका छन्, तर अहिलेसम्म दुवैले सम्पर्क गरेको विश्वास गरिएको छैन।