हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली महारथी पिएसजीले अर्जेन्टिनी प्रशिक्षक पोचेटिन्होलाई बर्खास्त गर्ने भएसँगै आफ्नो प्रशिक्षकको खोजी तीव्र पारेको छ।
पछिल्लो समय निसका प्रशिक्षक क्रिस्टोफि ग्याल्टियर प्रशिक्षकको भूमिकामा अग्रपंक्तिमा देखिए पनि जिदानको नाम तानिएको छ।
पछिल्लो अन्तरवार्तामा आफ्नो भविष्यको बारेमा नसोचेपनि, कुनै पनि सम्भावनालाई त्याग्न नसक्ने बताएपछि अहिले माहोल तातिएको छ।
जिनेदिन जिदानले पेरिस सेन्ट जर्मेनको मुख्य प्रशिक्षकको रूपमा पछ्याउने कुरालाई अस्वीकार गरेका छैनन्।
माउरिसियो पोचेटिनोको पेरिसबाट प्रस्थानको मिति अझै टुंगो छैन, तर रिपोर्टहरूले जिदान र नाइसका प्रशिक्षक क्रिस्टोफ गाल्टियरलाई क्लबसँग जोडेको छ।
राष्ट्रपति नासेर अल-खेलाफीले पनि स्पेनिस पत्रिका मार्कासंगको अन्तर्वार्तामा जिदानसंग वार्ताको पुष्टि गरेका छन्।
रियल म्याड्रिडसँग दुई पटकको ला लिगा र तीन पटक च्याम्पियन्स लिग विजेताको रूपमा, जिदान छोटो समयमै विश्वका उत्कृष्ट प्रशिक्षक मध्ये एक बन्न सफल भएका छन्।
आफ्नो ५० औं जन्मदिन मनाउन एल एकिपे सँगको एक अन्तर्वार्तामा उनले पेरिसलाई कोच गर्ने अवसरलाई अस्वीकार नगर्ने अभिव्यक्ति दिए।
आफूले समर्थन गर्ने क्लवको कट्टर प्रतिद्वन्दी भएपनि अहिलेको अवस्थामा आफूले यस्ता अवसरलाई नकार्न नसक्ने उनले बताए।
“हुँदैन, गर्दिन भन्न सक्दिन। विशेष गरी जब तपाईं आज प्रशिक्षक हुनुहुन्छ, तर प्रश्न विवादास्पद छ। यो बिल्कुल अप्रासंगिक छ। जब म एक खेलाडी थिएँ, मसँग छनोट थियो, तर अहिले प्रशिक्षक हुँ।”
“प्रशिक्षकको हैसियतमा, म जान सक्ने ५० क्लब छैनन्। त्यहाँ दुई वा तीन सम्भावना छन्। यो अहिलेको वास्तविकता हो।”
“प्रशिक्षकको हैसियतमा हामीसँग खेलाडीको तुलनामा धेरै कम छनोट छ। यदि म क्लबमा फर्किएँ भने त्यो जित्नका लागि फर्किन्छु।”
फ्रान्सेली राष्ट्रिय टोलीको प्रशिक्षक को जिम्मेवारी ग्रहण गर्न कुरिरहेका जिल्ला अहिले भने पेरिसले राम्रो प्रस्ताव ल्याएमा अस्वीकार गर्न नसक्ने अवस्थामा देखिन्छन्।
आगामी केहि साताभित्र पेरिसले आफ्नो योजनालाई अगाडि बढाउन आवश्यक कदम चाल्ने क्लब अध्यक्ष अल खलेफीले बताइसकेका छन्।