हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आर्सनल र म्यानचेस्टर सिटी विच युक्रेनी खेलाडी अलेकसेन्डर जिनचेनकोका लागि सम्झौता भएको छ।
आर्सनलले ३० मिलियन युरो तिर्न तयार भएपछि इंग्लिस च्याम्पियन म्यान सिटिले जिनचेनको बेच्न तयार भएको हो।
जिनचेनकोले आर्सनल संग सन् २०२६ सम्मको सम्झौतामा हस्ताक्षर गर्नेछन् र यसै साता उनलाई मेडिकलका लागि लन्डन ल्याईनेछ।
जिनचेनको सन् २०१६ मा म्यानचेस्टर सिटीमा अनुबन्धित भएपछि चार पटक प्रिमियर लिग विजेता बनिसकेका छन्।
सन् २०१९ को युक्रेनी बर्ष खेलाडी समेत बनेका जिनचेनको, पछिल्लो समय सिटिमा आफ्नो स्थान पक्का गर्न भने संघर्षरत थिए।
यसघि आर्सनलले म्यान्चेस्टर सिटिबाटै विंगर/ फरवार्ड ग्याब्रियल जिसस भित्र्याईसकेको छ। जारि ट्रान्सफर विन्डोमा आर्सनलको यो तेस्रो महत्वपूर्ण खरिद रहेको छ।
आर्सनलले गत महिना पोर्टोबाट ३० मिलियनमा मिडफिल्डर फाबियो भियारा ल्याईसकेको छ।