ज्लाटन अझै एसी मिलानमै बस्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलका स्टार तथा स्विडिस खेलाडी ज्लाटन इब्रहिमोभिच, थप एक वर्षका लागि एसी मिलनमै बस्ने भएका छन्।

इब्राहिमोभिचले अर्को सिजन सिरी ए च्याम्पियन एसी मिलानमा रहनको लागि ठूलो पारिश्रमिक कटौती स्वीकार गर्ने बताईएको छ।

स्विडेनी स्ट्राइकर हाल घुँडाको चोटबाट ग्रसित रहेका छन् र करिब छ महिनाको रिकभरी समयको सामना गर्नुपर्ने क्लबले जनाएको छ।

मिलानलाई आफ्नो दोस्रो घर समेत बताएका ज्लाटनले अर्को एक वर्षको अवधिमा रहुन्जेल ठुलो परिमाणमा तलब कटौति गर्न लागेको इटालियन रिपोर्टले बताएका छन्। 

इटालियन आउटलेट कोरीरे डेलो स्पोर्टले दावी गर्दै इब्राहिमोभिकको तलब ७० मिलियन डलरबाट झन्डै ४ मिलियन डलरमा झर्न सक्ने बताएको छ।

सिजनको मध्य भाग सम्म चोटकै कारण उपस्थिति जनाउन नसक्ने भएपछि उनले ठुलो परिमाणमा तलब कटौती गर्नलागेको बुझिएको छ।

उनले एसी मिलानका लागि बलिदान दिन आफूलाई तयार देखाएको यो पहिलो पटक होइन, उनले गत सिजन पनि घुँडाको दुखाइका साथ खेलेका थिए।

उनको ड्रेसिंग रुममा अकल्पनीय योगदानका कारण मिलानले उनलाई थप सम्झैतामा सामेल गर्न सहमत भएको हो।

पछिल्लो दुई वर्षमा शीर्ष दुई स्थान कब्जा गर्न सफल भएको एसी मिलान, गत सिजन एक दशकको पर्खाइपछि  सेरिया च्याम्पियन बन्न पुगेको थियो।

इब्राहिमोभिकले २०१९ मा एसी मिलानमा पुन: आबद्ध भएदेखि ७४ खेलमा ३६ गोल गरेका छन्। 

घुँडामा लगातार समस्या उत्पन्न भएपछि उनको अहिले शल्यक्रिया गरिएको छ र पूर्ण आराम तथा फिटनेस प्राप्त गर्न महिनौंसम्म पुनर्वास गर्नुपर्नेछ।

ज्लाटनले २०१९ मा इटली फर्किनु अघि सन् २०१० देखि १२ सम्म मिलानमै बिताएका थिए। गत सिजनको सेरिया उपाधि एसी मिलानको जर्सीमा उनको दोस्रो रहेको छ।

मिलान अघि उनले इटालीमै चिर प्रतिद्वन्दी इन्टर मिलन संग ३ सिजन र युभेन्टस संग दुई सिजन बिताईसकेका छन्

 

Leave a Reply

Next Post

विराटको करियर निरन्तर ओरालो लाग्दै!

Thu Jul 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| २०१०को दशक यता बिश्व क्रिकेटमा एकछत्र राज गरेका विराट कोहलीको निराशाजनक प्रदर्शनले विगत २ बर्ष देखि निरन्तरता पाइरहेको छ। टेस्ट होस या सीमित ओभरका खेल, आफ्नो प्रदर्शनले सधैं शिर्ष स्थानमा बस्न सफल भएका कोहली, विगत दुईबर्ष यता मैदानमा गुपचुप छन्। यसै साता इंग्ल्यान्ड विरुद्धको पाँचौ टेस्ट खेलमा […]
%d bloggers like this: